logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

२८ वर्षपछि विश्वकपमा सर्वाधिक दर्शक


अंकुरण खबर
1.976K
Shares

मेसी र अर्जेन्टिनाको प्रभावका कारण लुसैले रङ्गशालामा सो खेल हेर्न ८८ हजार ९६६ दर्शकको उपस्थिति रहेको थियो।

सन् १९९४ मा अमेरिकामा ब्राजिल र इटालबीचको विश्वकपको फाइनल हेर्न क्यालिफोर्नियाका रोज बल रङ्गशालामा ९१ हजार १९४ दर्शकको उपस्थिति रहेको थियो। सो खेलपछि अर्जेन्टिना र मेक्सिकोबीचको खेल हेर्न रङ्गशालामा सर्वाधिक दर्शक उपस्थित थिए। यद्यपि यो दर्शक सङ्ख्या विश्वकपको सर्वाधिक धेरै दर्शकको शीर्ष ३० मा पनि छैन। सन् १९५० मा उरुग्वेले ब्राजिललाई हराएर पहिलो विश्वकप जित्दा ब्राजिलको रियो दी जेनेरियोमा अवस्थित माराकाना रङ्गशालामा एक लाख ७३ हजार ८५० दर्शकको उपस्थिति थियो। यो नै अहिलेसम्मको सबभन्दा धेरै दर्शकको कीर्तिमान हो।

मेसीले करिब तीन दशकपछि धेरै दर्शक उपस्थित भएको खेलमा एक गोल गर्नुका साथै अर्को गोलमा सहयोगीको भूमिका निर्वाह गरी आफ्नो छाप छोड्नुभयो। खेलको ६४औँ मिनेटमा एन्जेल डी मारियाको पासमा मेसीले करिब २५ मिटरबाट बल गोलपोस्टमा छिराई अर्जेन्टिनालाई अगाडि पार्नुभयो।