logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इङ्ल्यान्ड र अमेरिका जारी विश्वकप फुटबलको दोस्रो चरणमा पुगेका छन्।


अंकुरण खबर
1.911K
Shares

समूहको आफ्नो अन्तिम खेलमा जित हात पार्दै इङ्ल्यान्ड र अमेरिकाले प्रिक्वाटरफाइनलमा स्थान बनाएका हुन्।

समूह ‘बी’अन्तर्गत अमेरिकाले इरानलाई १-० र इङ्ल्यान्डले वेल्सलाई ३-० गोलले हरायो। इङ्ल्यान्ड ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता र अमेरिका ५ अंकसहित समूह उपविजेता बन्यो।

वेल्सविरुद्ध इङल्यान्डका मार्कस रासफोर्डले दुई र फिल फोडेनले एक गोल गरे। रासफोर्डले ५० औँ मिनेटमा अग्रता दिलाएका थिए। लगत्तै फोडेनले अग्रता दोब्बर बनाएका थिए।

६८ औँ मिनेटमा रासफोर्डले फेरी गोल थपेका थिए। यता इरानविरुद्ध प्राप्त महत्वपूर्ण जितमा अमेरिकाका लागि क्रिस्टियन पुलिसिचले गोल गरे। उनले ३८ औँ मिनेटमा गोल गरेका गरेका थिए।