नेदरल्यान्ड्स र सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हरायो । अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध बनायो ।
नेदरल्यान्ड्स समूह विजेता र इक्वेडर उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । आयोजक कतार एउटै खेल नजिती बाहिरिने टोली बन्यो । सेनेगलले जित्नै पर्ने खेलमा इक्वेडरलाई हराएको हो ।