logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४० मत बढी भेटिएपछि बाजुरामा मतगणना रोकियो


अंकुरण खबर
988
Shares

हिमाली गाउँपालिका–६ स्थित मतदान केन्द्रमा ४० मत बढी भेटिएका हुन्। त्यो केन्द्रमा एक हजार ४४० मत खसेको मुचुल्का बनेको थियो। तर, गणना गर्दा एक हजार ४८० मत भेटिएका हुन्। यो मतदान केन्द्रमा एक हजार ७२६ मतदाता रहेका थिए।

गणनामा सहभागी कांग्रेस नेता राजेन्द्र शाहले रुजु नगरिएका ४० मत भेटिएको जनाएका छन्। “बूथ कब्जा गरेर होइन, कर्मचारीको लापरबाहीले ४० मत रुजु नभएको हो,” उनले भने।

अहिले मतगणना रोकिएको छ। राजनीतिक दलका नेता र प्रतिनिधिसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अहिलेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार बद्री पाण्डे अगाडि छन्। पाण्डेले पाँच हजार ३९९ मत पाएका छन् भने नेकपा (एमाले) उम्मेदवार कर्ण थापाले चार हजार १३० मत पाएका छन्।