logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्विट्जरल्यान्ड लगातार तेस्रो पटक अन्तिम १६ मा


अंकुरण खबर
1.924K
Shares

समूह ‘जी’को अन्तिम खेलमा सर्बियालाई ३–२ गोलको नतिजामा पराजित गर्दै स्विट्जरल्यान्ड लगातार तेस्रो पटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। शुक्रबार राति ९७४ रंगशालामा भएको खेलमा सर्बियाविरुद्ध नाटकीय जित निकालेसँगै समूह उपविजेताको हैसियतमा प्रि–क्वार्टरफाइनलमा स्थान बनाउन स्विट्जरल्यान्ड सफल रह्यो

सन् २०१० मा पछिल्लो पटक समूह चरणबाटै बाहिरिएको स्विट्जरल्यान्डले तेस्रो पटक प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको हो। शुक्रबार राति २०औं मिनेटमा शेर्डन शकिरीले गरेको गोलसँगै स्विट्जरल्यान्डले अग्रता लिएको थियो।

तर, त्यसको ६ मिनेट नबित्दै अलेक्सान्डर मिट्रोभिचले गरेको गोलसँगै बराबरीमा फर्किएको सर्बियाले ९ मिनेटपछि पुनः गोल गर्दै १–२ को अग्रता लिएको थियो। सर्बियाका डुसान भ्लाहोभिचले गरेको गोलसँगै पछाडी परेको स्विट्जरल्यान्डका लागि ४४औं मिनेटमा ब्रिल इम्बोलोले बराबरी गोल फर्काएका थिए।

पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा रेमो फ्रुलेरले गरेको गोलसँगै स्विट्जरल्यान्डले जित सुनिश्चित गर्यो। पहिलो हाफमा क्यामरुनलाई १–० को नतिजामा पराजित गरेको स्विट्जरल्यान्ड दोस्रो खेलमा ब्राजिलसँग सोही नतिजामा पराजित भएको थियो।

तर, दुई जित निकालेको ब्राजिल र स्विट्जरल्यान्ड क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन्। ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘एच’को उपविजेता कोरियासँग खेल्ने छ। यस्तै स्विट्जरल्यान्डले सोही समूहको विजेता पोर्चुगलको सामना गर्नेछ।