नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्।
विराटनगरमा मंगलबार गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचन कार्यक्रममा उनले सरकार गठबन्धनकै हुने तर अहिलेको जस्तो भने हुन नसक्ने तर्क गरे।
५ वर्ष सरकार चलाउने भन्दा पनि काम के गर्ने भन्ने विषयमा गठबन्धनका दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। ‘सरकार बनाउँदा स्पष्ट, प्रतिबद्ध र चरित्रवान नेतृत्व हुनुपर्छ‚’ उनले भने।
उनले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा अब गठन हुने सर
कारले काम गर्नुपर्ने र वर्तमान अर्थतन्त्र समस्याग्रस्त भईसकेकाले यसको समाधानका उपाय नखोजे देश संकटमा जाने बताए।