logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टोली लिएर उपराष्ट्रपति पोखरामा


अंकुरण खबर
1.365K
Shares

उपराष्ट्रपति नन्दबहादुर पुन पोखरा पुग्नुभएको छ । उहाँ आज दिउँसो काठमाडौंबाट त्यता जानुभएको हो । पुन सात सदस्यीय टोली लिएर पोखरा जानुभएको नेपाल पर्वतारोहण संघका एक जना पदाधिकारीले बताए ।

उहाँ सातौं पर्वतारोहण महोत्सव कार्यक्रममा सरिक हुन साढे ३ बजे काठमाडौंबाट त्यसतर्फ उड्नुभएको हो ।  उपराष्ट्रपति नेतृत्वको टोली बुद्ध एअरको नियमित उडानमा गएको हो ।