logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेकाे कान्छी केन्द्रीय सदस्य जीएम बनिन् समानुपातिक सांसद्


अंकुरण खबर
1.417K
Shares

नेकपा एमालेकी केन्द्रीय सदस्य ईश्वरी जीएम समानुपातिक सांसद् बनेकी छन्।

३३ वर्षीया उनी एमालेकाे सबैभन्दा कान्छी केन्द्रीय सदस्य र रोल्पा जिल्ला सह-ईन्चार्ज हुन्।

०४६ साल फागुनमा रोल्पाको नुवागाउँमा जन्मिएकी उनी ०६२ सालदेखि अनेरास्ववियू-एमालेकाे राजनीतिमा सक्रिय छिन्।

माओवादीले ‘आधार क्षेत्र’ दाबी गर्ने रोल्पाकी जीएम तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला अनेरास्ववियुमा आबद्ध भएकी थिइन्।

शान्ति प्रक्रियापछि उनले विद्यार्थी राजनीति छाडेर केही समय पत्रकारिता गरिन्।

प्रेस चौतारी रोल्पा शाखाको अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पा शाखाको सचिव समेत भइसकेकी जीएम पत्रकारिता छाडेर फेरि पूर्णकालीन राजनीतिमा होमिइन्।

जीएमले एमाले जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य र लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य भएर काम गरेकी हुन्।

उनी एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट ३२ वर्षकाे उमेरमै केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्।