नेकपा एमालेको नेता भीमबहादुर रावलले गठबन्धन सरकारले निहित स्वार्थका लागि अध्यादेश ल्याउन खोज्नु देश र जनताप्रतिको धोका भएको बताएका छन् ।
सोमवार सामाजिक सञ्जालमा सन्देश लेख्दै नेता रावलले प्रधानमन्त्री देउवाको विगत पनि राम्रो नभएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘विगतमा प्रमं पदकै लागि सांसदलाई सुरा–सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएको र जम्बो मन्त्रिमण्डल बनाएको भनी शेर बहादुर देउवाको व्यापक विरोध भएको विर्से झैं गरी चुनाव पछि अर्को सरकार बन्नुपर्ने बेला निहित स्वार्थमा अध्यादेश ल्याउन खोज्नु गठबन्धन सरकारको देश र जनता प्रतिको धोका हो ।’