logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रोएसियालाई हराउँदै फाइनलमा मेस्सीको अर्जेन्टिना


अंकुरण खबर
2.067K
Shares

मंगलबार राती क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनालाई कतार विश्वकप फुटबलको फाइनलमा प्रवेश गराएका छन् । रुसिया विश्वकप फूटबलको उपविजेता बलियो टिम क्रोएसियालाई हराउन मेस्सीले एक गोल गरे । जुन पेनाल्टीमा सम्भव भएको थियो ।

यो मेस्सीका लागि दोस्रो फाइनल हो । यसअघि सन् २०१४ को विश्वकपमा पनि मेस्सीको टिम अर्जेन्टिना फाइनल पुगेको थियो । तर त्यतिबेला जर्मनीले मेस्सीलाई स्तब्ध पारेको थियो ।

त्यसपछि मेस्सीको जीवनमा धेरै उतारचढाव आयो । उनले संन्न्यास घोषणा गरेका थिए । सन् २०१६ को कोपा अमेरिकामा तेस्रोपटक फाइनलमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास घोषणा गरेका थिए ।

उनको संन्न्यास घोषणाले विश्वलाई चकित पारेका थिए । अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन नसक्दा उनी जति निराश थिए, त्यसले उनलाई भित्रैदेखि टुटाएको थियो । तर अर्जेन्टिनाका प्रधानमन्त्रीदेखि विश्वभरका फूटबलप्रेमीले ठूलो आग्रह गरेपछि मेस्सीले संन्न्यास फिर्ता लिएर अर्जेन्टिनाको जर्सीमा मैदान फर्किएका थिए ।