logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता


अंकुरण खबर
1.976K
Shares

प्रतिनिधिसभा चुनावपछि वामपन्थी गठबन्धनको चर्चा चलिरहेको समयमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
बधाई दिने बहानामा ओलीलाई भेट्न महासचिव गुरुङ मंगलवार ओलीनिवास बालकोट पुगेका थिए । माओवादी स्रोतका अनुसार गुरुङले वामपन्थी एकताका लागि पहल गर्न ओलीसँग आग्रह गरेका थिए ।

माओवादीभित्र गुरुङलगायत नेताहरू चुनावअघि नै वामपन्थी तालमेलको पक्षमा रहँदै आएका थिए ।