logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विश्वकपमा रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त


अंकुरण खबर
3.003K
Shares

विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् ।

पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो ।

प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेच्नमा राखेपछि विवादमा तानिएका थिए । रोनाल्डो बेन्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको थियो ।

पहिलो हाफ रोनाल्डो बेन्चमा रहेको क्वाटरफाइनल खेलमा मोरक्कोसँग पराजित हुँदै पोर्चुगल कतार विश्वकपबाट घर फर्किएको हो।

रोनाल्डोलाई बेन्चमा राखेको स्वीट्जरल्यान्डविरूद्धको खेलमा पोर्चुगल विजयी भए पनि मोरक्कोसँग पराजित भएको थियो ।