logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रकाशमान, के भयो कुराकानी?


अंकुरण खबर
2.119K
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनले आज बिहान खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

प्रचण्ड र सिंहबीचको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । प्रचण्डले पहिलो कार्यकालमै आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान कायमै राखेका छन् ।

उनले आफ्नो अडानबाट पछि नहट्ने संकेत देखाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेता सिंहलाई खुमलटार पठाएका बताइएको छ । बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको थियो । बिहीबारको छलफलमा सत्ता बाँडफाँटबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले आलोपालोको सहमतिअनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए । उनको सो प्रस्तावमा देउवाले सकारात्मक जवाफ फर्र्काएको बताइएको छ । यद्यपि कांग्रेसका अन्य नेताहरू भने प्रचण्डको प्रस्तावमा सन्तुष्ट छैनन् ।