logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दबाव बढाउँदै प्रचण्ड, ढुक्क देखिन्छन् देउवा


अंकुरण खबर
3.51K
Shares

अबको केही बेरमा हुने भेटमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सत्ताको पालो दिने नदिने प्रष्ट जवाफ दिनुपर्ने छ । भेटका लागि प्रचण्ड बालुवाटार पुगिसके । अरु नेताहरु पनि आएपछि बैठक हुनेछ ।

प्रचण्ड बालुवाटार पुग्ने अघि प्रधानमन्त्रीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुलाई भेटेका थिए ।

संसदीय दलको नेता निर्वाचित भएकोमा बधाई दिन भन्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेका थिए । भेटमा सहभागी लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लले अनलाइनखबरसँग भनेका छन््, ‘संसदीय दलको नेतामा चयन भएकोमा बधाई दियौं । गठबन्धनलाई कायम राख्नुस् भन्यौं ।’

बालुवाटार स्रोतका अनुसार लोसपा नेताहरुले जसको नेतृत्वमा चुनावमा गएको हो, उसकै नेतृत्व कायम रहनुपर्छ भन्दै प्रधानमन्त्रीमा देउवाको दाबीलाई समर्थन गरेका थिए ।