मधेस प्रदेशमा सभामुख पदका लागि पुस ३० गते मनोनयन दर्ता हुने भएको छ ।
बैठकमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने दलहरुको तर्फवाट शुभकामना मन्तव्य राख्ने प्रदेशसभा सदस्यहरुको नामावली सफारिस गरिएको छ ।
मधेस प्रदेशसभाले नयाँ सभामुख नपाएसम्म सप्तरी–४ ‘क’ बाट निर्वाचित ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।