प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बालुवाटारमा भएको भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको र रिक्त एक सांसदको चुनाव साथै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने साथै राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकबारे छलफल भएको छ ।
राष्ट्रिय सभाको उपाध्यक्ष एवम् एकजना सांसदको पद रिक्त रहेको छ ।