शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै रियल मड्रिड स्पानिस कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा एट्लेटिको सुरुआती अग्रता लिएपनि रियलले पुनरागमन गर्दै खेल जितेको हो । रियलका लागि रोड्रिगो, करिम बेन्जेमा र भिनिसियस जुनिएरले गोल गरे । अतिरिक्त समयमा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।