logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाहिरियो ‘अल नसर’


अंकुरण खबर
1.859K
Shares

विश्व कीर्तिमानी मूल्यमा अल नसर पुगेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ।

बिहीबार भएको सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित भएपछि नसर फाइनल नपुग्दै प्रतियोगिताबाट बाहिरियो। रोनाल्डो अल नसरमा लगातार दोस्रो खेलमा गोलविहीन रहन पुगे ।

नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्नै मौका पाएपनि अन्तिम दुईमानै पुग्न असफल रह्यो। विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए। लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको हो। तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो अल नासरले अवसर पाएको थियो।

बिहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हराएर फाइनलमा स्थान बनायो। अब सोमबार अल इतिहाद र अल फाएहाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।