logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२०२४ को कोपा अमेरिका अमेरिकाले आयोजना गर्ने


अंकुरण खबर
2.158K
Shares

सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने भएको छ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मोबेल)ले उत्तर अमेरिकी देश अमेरिकालाई आयोजना गर्ने जिम्मेवारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खासमा कोपा अमेरिका दक्षिण अमेरिकी १० देशको प्रतियोगिता हो। तर आगन्तुकको रुपमा अन्य क्षेत्रमा दुई टोलीले सहभागिता जनाउने गर्थे। २०२४ देखि भने उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रका ६ टोलीसमेत समेटेर १६ टोलीको प्रतियोगिता गर्न लागिएको हो।