logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पशुपतिनाथ पुगे पौडेल


अंकुरण खबर
1.443K
Shares

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक रामचन्द्र पौडेल पशुपतिनाथ मन्दिर पुगेका छन्।

शुक्रबार बिहान नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका छन्।

आज बिहान नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिरको दर्शन र पूजाआजा गरेको उनको सचिवालयले जनाएको छ।त्यसअघि उनी गुहेश्वरी मन्दिर पुगेका थिए ।

आजै राष्ट्रपति पौडेल सुन्दरी जल गएर बीपी संग्राहलय अवलोकन गर्ने र बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नेछन् ।

बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए ।