logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालले आज दोस्रो अभ्यास खेलमा नेदरल्याण्ड्सको सामना गर्दै


अंकुरण खबर
1.742K
Shares

आईसीसी एक दिवसीय विश्वकप छनौटको तयारीका लागि अभ्यास खेल खेल्न दक्षिण अफ्रिकाको भ्रमणमा रहेको नेपाली टोलीले आज (शनिबार) दोस्रो अभ्यास खेलमा नेदरल्याण्ड्‌ससँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र नेदरल्याण्ड्‌सबीचको खेल नेपाली समयानुसार शनिबार दिउँसो १:१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।जिम्बावेमा हुने छनोट खेलको तयारीका लागि अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पुगेको नेपाली टोली यसअघि पहिलो खेलमा भने स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो।

जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताको तयारीका लागि नेपालले अभ्यास खेल खेल्न लागेको हो। नेपालले गत चैतमा सम्पन्न लिग–२ शृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो।

जिम्बावेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहने छ। समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन्। समूह बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्। प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।