logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिग


अंकुरण खबर
2.171K
Shares

च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ।

टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि जीत हासिल गरेको हो ।

सिटीका लागि खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो। योसँगै सिटीले एकै सिजनमा मुख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गरेको छ। सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ।

सिटीले च्याम्पियन्स लिग जित्नेमा एकै सिजनमा तीनवटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गरेको छ। युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो।