logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानसँग नेपालको कमजोर ब्याटिङ


अंकुरण खबर
1.534K
Shares

शर्ट पिच बलमा नेपाली ब्याटिङको कमजोरी पुनः एक पटक उदांगिएको छ ।

पाकिस्तान ‘ए’ ले नेपालको कमजोर पक्षको फाइदा उठाउँदै श्रीलंकामा भइरहेको एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा शुक्रबार ४ विकेटको जित हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेको नेपाली टोली कोलम्बो क्रिकेट क्लब मैदानमा १६ ओभरमा ७२–८ को स्थितिमा पुगेको थियो । सोमपाल कामीले प्रतिश जिसी र ललित राजवंशीसँग अन्तिम दुई विकेटमा १ सय ७ रन जोडेपछि नेपालको स्कोर हेर्नलायक बनेको थियो । नेपाल ३७ औं ओभरमा १ सय ७९ रनमै अलआउट भयो ।
नेपालले सोमबार भारत ‘ए’ सँग समूह चरणको दोस्रो खेल खेल्नेछ । भारत ‘ए’ ले शुक्रबार नै कोलम्बोमा भएको खेलमा यूएईलाई ८ विकेटले हराएको थियो । यूएईले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाई बनाएको १ सय ७५ रनलाई भारतले २७ औं ओभरमा १ सय ७९ रन बनाउँदै पूरा गरेको थियो ।