logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाने


अंकुरण खबर
1.495K
Shares

 सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाने भएका छन्।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा जान लागेका हुन्।

पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन्। टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यद्वय रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

भारतीय जनता पार्टीले ‘भाजपालाई जान्नुस् (Know BJP)’ अभियान सञ्चालन गरिरहेको छ। भारत बसाईका क्रममा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्।

पछिल्लो समयमा माओवादी केन्द्रका नेताहरु भारत र चीन भ्रमणमा व्यस्त रहेका छन्।