साउदी क्लब अल हिलालले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको छ।
२४ वर्षका फरवार्डको पीएसजीसँगको सम्झौता सकिन एक वर्ष बाँकी छ। एमबाप्पेले पीएसजीसँग सम्झौता नविकरण नगर्ने बताईसकेका छन्। सोही कारण पीएसजीले एमबाप्पेलाई जापान भ्रमणको टिमबाट बाहिर राखेको छ। र फ्रान्सेली फरवार्डलाई बेच्न तयार रहेको जनाएको छ।
चेल्सी, म्यानचेस्टर युनाईटेड, टोटेनहम, इन्टर मिलान र बार्सिलोना सबै क्लब एमबाप्पे अनुबन्धनका लागि इच्छुक छन् । उनी अर्को समर ट्रान्सफरमा निशुल्क क्लब छाड्न चाहेको बताएका थिए ।