logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एशिया कपमा आज भारत र पाकिस्तान भिड्दै


अंकुरण खबर
2.041K
Shares

नेपाली समय अनुसार दिउँसो ३:१५ बाट खेल शुरू हुनेछ।

तर, आजको खेल वर्षाले अवरुद्ध हुने सम्भावना रहेको छ।

आज खेल हुने कोलम्बोको आर. प्रेमदास क्रिकेट रंगशाला क्षेत्रमा वर्षाको सम्भावना ९० प्रतिशतसम्म रहेको छ।

भारत र पाकिस्तानबीचको यसअघि समूह चरणको खेल पनि वर्षाका कारण पटक पटक अवरुद्ध भई रद्द भएको थियो। तर, यसपटक यी दुई टोलीबीचको खेलको लागि ‘रिजर्भ डे’को समेत व्यवस्था छ। अर्थात् वर्षाका कारण आज खेल अवरुद्ध भएमा भोलि पुनः खेल हुनेछ। एशिया कपमा फाइनल र यो खेलका लागि मात्र रिजर्भ डेको व्यवस्था गरिएको हो।

यस्तै, भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराहको पुनरागमन भएको छ। राहुल चोटका कारण बाहिर थिए भने बुमराह सन्तान जन्मिएकाले भारत फर्किएका थिए।