logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

गगन थापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा टुंगियो


अंकुरण खबर
1.092K
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको संवाद यात्रा सकिएको छ।
कांग्रेसको अभियान समुदायमा कांग्रेस अन्तर्गत गत माघ १३ गते झापाको मेची पुलबाट नेता थापाले थालेको संवाद यात्रा बैशाख ४ गते मंगलबार कञ्चनपुरको महाकाली पुलमा पुगेर टुंगिएको हो । संवाद यात्रा टुंगिएकोबारे नेता थापाले सामाजिक संजालमार्फत जानकारी दिँदै यात्राको क्रममा हुलाकी राजमार्ग अन्तर्गत १४५० किलोमिटर २१ वटा जिल्ला हुँदै यात्रा गरेको पनि उल्लेख गरेका छन् । उनले यो संवाद यात्राले कांग्रेसलाई समुदायमा फर्काउने र पार्टी रुपान्तरणको अभियानको थालनी गरेको बताएका छन् । उनले लेखेका छन्, ‘यस संवाद यात्राका क्रममा हामीले खुला संवाद, स्थानीय समस्या र सम्भावनामा केन्द्रित संवाद, सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय तहमा काम गरिरहेको मान्छेसँग व्यक्तिगत कुराकानी लगायतका कार्यक्रमहरू गरी नेपाली कांग्रेसलाई समुदायमा फर्काउने र पार्टी रूपान्तरणको अभियानको थालनी गरेका छौँ।’ नेता थापाले यात्रामा जोडिएका सबैलाई धन्यवाद दिँदै हुलाकी राजमार्ग अन्तर्गत यो संवाद यात्राको अन्तिम दिन भएता पनि आफ्ना लागि यो एउटा नौलो यात्राको प्रारम्भ भएको महसुस गरेकोसमेत उल्लेख गरेका छन् । र अन्त्यमा महामन्त्री थापाले लेखेका छन्, ‘संवाद यात्रा टुङ्गिएको छैन अब निरन्तर हिँड्ने हो ।’