logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जे हुन्छ राम्रोको लागि हुन्छ:अनिल रायमाझी


अंकुरण खबर
10.218K
Shares

जस्ले गाली अनि आलोचनाको भीडमा
केवल उपदेशको शब्द सुन्छ
मलाई ऊ सधै भन्छ मरी लानु के छ र
जे हुन्छ राम्रोको लागि हुन्छ ।

जस्को कौडी छैन उस्ले दान दिएको सपना बुन्छ
जस्को कुरा कसैले सुन्दैनन् उस्ले
मान पाएको सपना बुन्छ
मलाई ऊ सधै भन्छ मरी लानु के छ र
जे हुन्छ राम्रोको लागि हुन्छ ।

ऊ गर्मीमा पानी मात्र हैन आगो पनि उत्तिकै छुन्छ
ऊ जाडोमा आगो मात्र हैन पानी पनि उत्तिकै छुन्छ
मलाई ऊ सधैँ भन्छ मरी लानु के छ र
जे हुन्छ राम्रोको लागि हुन्छ।

ऊ दुखी हुँदा मात्र हैन खुशी हुदा पनि रुन्छ
ऊ हार मान्दा मात्र हैन सफल हुँदा पनि उत्तिकै रून्छ
मलाई ऊ सधैँ भन्छ मरी लानु के छ र
जे हुन्छ राम्रोको लागि हुन्छ।

लेखक
अनिल रायमाझी(संञ्चारकर्मी )