logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै


अंकुरण खबर
1.326K
Shares

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले हुम्लाका रणसिंह परियारलाई मन्त्री बनाउने भएको छ।
बुधबार बिहान बसेको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो।परियारको मन्त्रालयको भने टुंगो लागिसकेको छैन। उनलाई तत्कालका लागि बिनाविभागीय मन्त्रीका रूपमा माओवादीले सरकारमा पठाउन लागेको हो। यस्तै दलको बैठकले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको माओवादीका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए। उनका अनुसार माओवादीका तर्फबाट परियारलाई सरकारमा पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुंगो मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि गरिनेछ।