logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो खेल खेल्दै


अंकुरण खबर
1.482K
Shares

घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ ।

खेल दिउँसो १२:१५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।५ खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरीमा छ ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन । पहिलो खेलमा नेपालका रोहित पौडेलले ११२ र दोस्रो खेलमा ७१ रन बनाएका थिए । रोहितबाहेक अन्य ब्याटर भने चल्न सकेका थिएनन् । आजको खेलको प्रदर्शनको आधारमा नेपालले केही खेलाडी टी२० विश्वकपमा छनोट गर्न सक्छ ।

विश्वकपमा पर्न सबै खेलाडीलाई यो अन्तिम अवसर हुनेछ ।

सुरुआती २ खेलमा बेन्चमा रहेका विकेटकिपर विनोद भण्डारी र आसिफ शेखले आज मौका पाउन सक्छन् । अनिल शाह र कुशल भुर्तेल दुबैलाई विश्राम दिने सम्भावना छ ।

नेपालले आज कमलसिंह ऐरी र आकाश चन्द दुबैलाई मौका दिएर हेर्नेछ । दोस्रो खेलमा २ छक्कासहित १७ रन जोडेका लोकेश बमले आजको खेलमा पनि मौका पाउन सक्छन् ।

दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ निकै महत्वपूर्ण हुनेछ । वेस्टइन्डिज ए का ब्याटरले स्पिन खेल्न संघर्ष गर्दै आएका छन् । नेपाल त्यो कमजोरीमा भरपूर्ण फाइदा उठाउन सक्छ ।

सुरुवाती २ खेलमा चल्न नसकेका जोनसान चाल्र्सलाई ठूलो इनिङको दबाब हुनेछ ।

भ्रमणबाट दुई खेलाडीलाई विश्वकपमा समेट्ने वेस्टइन्डिजलो जनाएको छ । त्यसैले वेस्टइन्डिजका खेलाडीलाई पनि आजको खेल महत्वपूर्ण हुनेछ । चौंथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।