logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी


अंकुरण खबर
3.016K
Shares

नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ। आज बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो।

उनले संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई संम्बोधन गर्न विभागले काम गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरुको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु ।’

उनी यसअघि मधेश प्रदेशका इन्चार्ज थिए।