logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाका बागमती अध्यक्ष गोले एमालेमा प्रवेश


अंकुरण खबर
1.456K
Shares

जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन्।

बुधबार भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरूले गोलेलाई एमालेमा प्रवेश गराएका हुन्। एमाले प्रवेश गरेपछि गोलेले एमाले लामो इतिहास बोकेको पार्टी रहेको र विद्यार्थीकालदेखि नै यही पार्टीसँग आबद्ध रहेको भन्दै पुनः एमालेमा फर्किएको बताए।

जनता समाजवादी पार्टी नै टुक्रिने अवस्थामा पुगेकाले स्थायी राजनीतिक अवस्था सिर्जना गर्ने पार्टी एमालेमात्रै भएको उनले बताए। उनले देशमा देखिएको संकट एमालेले मात्रै समाधान गर्न सक्ने धारणा समेत राखेका छन्।