logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : जाउलाखेलसँग च्यासल पराजित


अंकुरण खबर
819
Shares

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लव जाउलाखेलसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासल जावलाखेलसँग २-० ले पराजित भएको हो । जावलाखेलका लागि रुप बहादुर लामा र विजय घलानले एक/ एक गोल गरे ।

खेलको ८१ औं मिनेटमा लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । त्यस्तै, ८३ औं मिनेटमा घलानले गोल गर्दै जावलाखेललाई २-० को सहज जित दिलाए ।

जितसँगै जावलाखेल ८ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । च्यासल ४ अंकसहित आठौं स्थानमा रहेको छ ।