कोरोना संक्रमण दिनदिनै उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा ४५६ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ३३८ र एन्टिजेन परीक्षणबाट ७२ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा २१६८ पीसीआर र १६७० एन्टिजेन गरी ३८३८ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । ८० जना कोरोनामुक्त हुँदा कोरोनाबाट कसैको मृत्यु भएको छैन। सक्रिय संक्रमितको संख्या २८४१ पुगेको छ । मन्त्रालयका अनुसार यी मध्ये २७०८ जना होमआइसोलेसनमा रहँदा १३३ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ ।
२२ जनाको आइसीयूमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।