logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिडबाट भारतमा एकै दिन ६० जनाको मृत्यु, दिनहुँ संक्रमित बढ्दै


अंकुरण खबर
845
Shares

छिमेकी मुलुक भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ ।

पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।