logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

क्रियाशील सदस्यता अद्यावधिक गरेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका


अंकुरण खबर
3.991K
Shares

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनको मिति तय मंसिरपछि हुने भएको छ । जारी केन्द्रीय समिति बैठकमा संस्थापनइतर पक्षका नेताहरूले तत्काल कार्यतालिका सार्वजनिक गर्न माग गरेपनि महाधिवेसन कार्यतालिका तीन महिनापछि आउने भएको छ ।

केन्द्रीय सदस्य नरहरी आचार्यको संयोजकत्वमा बनेको समितिले तयार पारेको क्रियाशील सूचीलाई अध्यावधिक गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

महामन्त्री पूर्ण बहादुर खड्काले क्रियाशील सूचिलाई अध्यावधिक गरेपछि मात्रै कार्यतालिका ल्याउने प्रस्ताव बैठकमा राखेका थिए । १३औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम अन्तरिम संरचना गठन गरिने जनाइएको छ। तल्लो तहका संरचना निर्माणको मोडालिटी बनाउने जिम्मेवारी पदाधिकारीलाई दिइएको छ ।

पदाधिकारीले बनाउने निर्देशिका साउन २२ मा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने बताइएको छ। सभापति शेर बहादुर देउवाले अन्तरिम संरचनाको मोडालिटी तयार गर्न उपसभापति विमलेन्द्र निधि र महामन्त्रीद्धय शशांक कोइराला र पूर्ण बहादुर खड्कालाई जिम्मेवारी दिएका थिए ।

अन्तरिम संरचनाको नभइ महाधिवेशन कार्यतालिका ल्याउन नसकिने संस्थापन पक्षले अडान राखेपछि मोडालिटी तय गर्न लागिएको हो ।