logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

श्रीलंकाविरुद्ध पहिलो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिँदै नेपाल


अंकुरण खबर
663
Shares

यु २० साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको चुनौती सामना गर्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सवा ७ बजे सुरु हुने खेलका लागि मुख्य प्रशिक्षक मेघराज केसीले प्लेइङ सेट घोषणा गरेका छन् । उनले आयुष घलानको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको सुरुवाती सेटलाई नै निरन्तरता दिएका छन् ।

अघिल्लो खेलमा नेपालले माल्दिभ्सलाई ४–० अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको थियो । आज श्रीलंकाविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाली टिमः

गोलरक्षकः इश्वर गुरुङ

अजय चौधरी, अमर श्रेष्ठ,  अभिषेक वाइवा, सन्दिप कार्की, कृतिशरत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, सुगम सुवाल, आयुष घलान