logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै


अंकुरण खबर
1.833K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परिक्षणका लागि शनिबार सिंगापुर प्रस्थान गर्दैछन् । उनी सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनी स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहनेछन् । गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइको बढेकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लागेका हुन् । धपेडीका कारण प्रधानमन्त्रीको स्वाथ्यमा समस्या भएको भन्दै आराम गर्न समेत चिकित्सकले सुझाव दिएका छन् ।

उनको उपचार सिंगापुरको सरकारी युनिभर्सिटी अस्पतालमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।