logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले विभाग प्रमुखहरूको बैठक सुरु


अंकुरण खबर
1.209K
Shares

नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए ।