प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने जानकारी दिएका छन ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश नं-३ द्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले परिणाममुखी शिक्षाको लागि विद्यालयले पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमकेन्द्र परिषद्का सदस्य सचिव डा पुष्परमण वाग्लेले हालसम्म १३ वटा जिल्लामा एक सयवटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययन भइरहेको जानकारी दिए ।