logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी ३ साता थप संक्रमित बढ्ने


अंकुरण खबर
1.573K
Shares

साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ।

मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय संक्रमितको संख्या धेरैले बढेको छ। संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन्। बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए। संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरूको तर्क छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारी आगामी दुई साता संक्रमणदर उच्च रहने पूर्वानुमान गर्छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।