logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल टस जितेर फिल्डिङमा


अंकुरण खबर
1.144K
Shares

केन्याविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय गरे ।

नेपालले केन्यासँग पाँच खेलको टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो  ।

नेपाल र केन्याबीचको टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।

केन्याविरुद्ध नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, पवन सर्राफ, आदील आलम, बसिर अहमेद