Lautaro Martinez of FC Internazionale argues with Felipe Anderson of SS Lazio after he scored second goal during the Serie A match between SS Lazio and FC Internazionale at Stadio Olimpico, Rome, Italy on 16 October 2021. (Photo by Giuseppe Maffia/NurPhoto via Getty Images)
इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ । ४०औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो ।
तर, ७५औं मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६औं मिनेटमा पेड्रो रोर्डीग्वेजले गरेको गोलमा लाजियोले सहज जित पक्का गरेको थियो ।
सुरुआती दुई खेल जित्दै सिजनको सुखद सुरुआत गरेको इन्टरको यात्रा तेस्रो खेलमा भने रोकियो । इन्टरको तीन खेलमा ६ अंक छ ।
लाजियोले भने तीन खेलसम्म अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानको लाजियोको तीन खेलमा सात अंक छ । त्यस्तै, अर्को खेलमा युडिनेसीले मोन्जालाई २-१ ले हरायो ।