logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य


अंकुरण खबर
975
Shares

नेपालले केन्यालाई जितका लागि २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जिमखाना रंगशालामा जारी एक दिवसीय क्रिकेटको दोश्रो खेलमा नेपाल ४ बल बाँकी छँदै अलआउट हुँदै २३० रन जोडेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाहित ७८ रन बनाए। ४ बल बाँकी हुँदै करण केसी ११ रनमा क्याचआउट हुन पुगे।

ओपनर देव खनाल ३७ रन जोड्दा अर्जुन साउद ५ रनमै आउट भए। यस्तै ज्ञानेन्द्र मल्ल २५, दिपेन्द्र सिंह ऐरी २, बसिर अहमद १७, पवन सर्राफ २ र आदिल अनसारी १४ रन जोडे। केन्याका लागि विराज पटेल र सेम गोचेले समान २ विकेट लिए।

पहिलो खेलमा केन्याले पहिले ब्याटिङ गर्दै २१८ रन जोडेको थियो। २१९ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दै नेपाल विजयी भएको थियो । केन्याले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ। आजको खेल जितेमा नेपालले एक खेल अघि नै सिरिज आफ्नो पक्षमा पार्नेछ।

नेपालले यसअघि टि २० सिरिज ३–२ दे जितेको थियो।