logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रंगशालामा मनाङ र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच झडप


अंकुरण खबर
1.222K
Shares

शहीद स्मारक ए डिभिजन लिगका २ टोली मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच रंगशालामै झडप भएको छ ।

सोमबार एक–अर्काविरुद्धको खेलका लागि मैदान उत्रिएका दुवै टोलीका खेलाडीबीच खेल सकिनै लाग्दा झडप भएको हो । दुवै टोलीका खेलाडीबीच झडप भएपछि रंगशालामा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले दुवै टोलीका खेलाडीलाई ‘स्कर्टिङ’ गरेर ड्रेसिङ रुम भित्र ल्याएको छ । अहिले नेपाल फुटबल संघको समन्वयमा दुवै टोलीका खेलाडीबीच विवाद मिलाउने काम भइरहेको छ ।

खेलाडीबीच झडपको स्थिति सिर्जना हुँदा दुवै क्लबका पदाधिकारी समेत हातपातमा उत्रिएका थिए ।