logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैको मुखमा झारा टार्न नाका खोल्दै चीन


अंकुरण खबर
3.198K
Shares

कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि झारा टार्नु भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो ।

चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । राष्ट्रपति विद्या भण्डारीसँग बुधबार भएको भेटमा लीले बिहीबारदेखि नै सीमा खोल्ने बताएका छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।