बार्सिलोनाले आइतबार एथलेटिको बिलबाओलाई ४–० ले हराएको छ ।
यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी पनि तीन अंकमा छोट्याएको छ ।
पोलिस स्ट्राइकरले बार्सिलोनाका लागि खेलको तेस्रो तथा आकर्षक गोल गरे ।
उनकै पासमा ओसमन डेम्बेलेले पहिलो गोल गरे । सर्बियो रोबर्टोले दोस्रो गोल गरेपछि फेरान टोरेसले खेलको अन्त्यतिर चौथो थपे ।