logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शीर्ष स्थानमा फर्कियो बार्सिलोना


अंकुरण खबर
1.508K
Shares

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ ।

लिजेण्ड डिफेन्डर जेरार्ड पिकेको अन्तिम बिदाइ गेमसमेत रहेको यो खेलमा बार्सिलोनाले २–० को जित हात पार्यो ।

ला लिगामा गएराति अल्मेरियालाई २–० गोलले हराउँदै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनाको जितमा ओउस्माने डेम्बेले र फ्रेन्की डी जोङले एक(एक गोल गरे ।

जितसँगै बार्सिलोनाले १३ खेलबाट ३४ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ३२ अंक छ ।