logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – नेकपा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन् । घोराही उपमहानगपालिका–१५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको हो ।

शनिबार राति लमहीबाट घोराही जादै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै उनी पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका जिसीका बारेमा थप अनुसन्धान भइरहेको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि नेता यो समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्दै आएका छन् ।