logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

झलनाथ खनाल :पाँच वर्ष प्रधानमन्त्री भएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु


अंकुरण खबर
1.677K
Shares

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पुन प्रधानमन्त्री भएर काम गर्न पाएँ देशलाई नयाँ मोडमा पुर्‍याइदिने बताएका छन् ।

खनालका अनुसार यो निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो । उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको बताउँदै उनले भने, “मसँग अनुभव छ, देश बनाउने योजना छ । त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु ।”

खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भई नसकेको बताए । भने, “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।”